नेपाली भूमि मिचियो की ! बेचियो ?

२९ बैशाख, काठमाडौं । नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घघाटन गरेको विरोधमा निस्केका ३० जनालाई प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट पक्राउ गरेको छ । आज सोमबार दिउँसो विद्यार्थी तथा सीमा रक्षा अभियानका अभियान्ताहरूले विरोध गर्दै निस्किएपछि प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरले बताएको छ । लकडाउन उल्लंघन गरेको भएर हामीले उनीहरूलाई पक्राउ गरेका हौं,’उनले भने,’विरोध गर्नै नपाइने त होइन तर पाँच जनाभन्दा बढी भेला हुन नपाइने बेला हुल निस्किएपछि पक्राउ र्गयौं ।
उनीहरूलाई नियन्त्रणमा दिई प्रहरीले पुलिस क्लबमा राखेको छ ।
आइतबार पनि नयाँ बानेश्वरबाट १० जना विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरू संसद चलिरहेकै बेला निषेधित क्षेत्रमा जान खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । भारतले नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेपछि नेपालमा विरोध भइरहेको छ ।