काठमाडौंका अव्यवस्थित तार हटाउन आजबाट सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका अव्यवस्थित तार हटाउन सुरु गरेको छ ।

महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्न महानगरले विभिन्न  स्थानमा  रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो ।

गत आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

सो निर्णय अनुसार आजबाट अनावश्यक तार हटाउन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार हटाइएको छ ।