एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले ट्राफिक उचाल्यो

१९ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपमा स्थान बनाएपछि टीयू मैदानमा उल्लास छाएको छ ।

वर्षाले प्रभावित भएको खेल पर्खिरहेका हजारौं दर्शकले दुई दिनको फाइनल खेलपछि विजय उत्सव मनाएका छन् ।

सोमबार वर्षाका कारण दुई पटक खेल रोकिएको थियो । सोही खेल आज बिहानदेखि सुरु भएर सकिएको हो ।

यूएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा तीन विकेट गुमाएर भेटाएको हो ।