एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले यूएईमाथि १७७ रनको कीर्तिमानी जितसँगै (ओडीआई) मान्यता जोगायो

२८ फागुन, काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा आज भएको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले यूएईमाथि १७७ रनको कीर्तिमानी जितसँगै (ओडीआई) मान्यता जोगाएको छ । साथै बाँकी २ खेल जितेर सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायम राखेको छ ।

हारसँगै यूएईको भने ओडीआई स्टाटस संकटमा परेको छ । यसको फाइदा अमेरिकालाई हुनेछ ।