राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सबै जिम्मेवारीबाट राजीनामा

२८ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । पौडेलले स्वकीय सचिव चिरञ्जीवी अधिकारीमार्फत केन्द्रीय कार्यालयमा पत्र दर्ता गराएका छन् ।

पौडेलले दिएको राजीनामा कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबारदेखि नै लागू हुने गरी स्वीकृत गरेका छन् ।

विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा होमिएका पौडेल कांग्रेसको कार्यवाहक सभापति समेत भएका थिए र अहिले उनी वरिष्ठ नेता थिए ।

राष्ट्रपति निर्वाचित उनले भोलि सोमबार १ बजे पद तथा गोपनियताको शपथ लिने छन् र त्यस लगत्तै जिम्मेवारी सम्हाल्ने छन् ।