उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता : नेकपा एमालेका अष्टलक्ष्मी शाक्यले उमेदवारी दर्ता

काठमाडौं । आज उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता भएको छ । सो पदमा दोस्रो ठूलो दल नेकपा एमालेका तर्फबाट उपराष्ट्रपति पदको निर्वाचनमा अष्टलक्ष्मी शाक्यले उमेदवारी दिएकी छन् ।

उमेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग उनले निर्वाचनमा आफूले जित्ने दाबी गरिन् ।

उपराष्ट्रपति पदका लागि जसपाबाट दुई जना र जनमत पार्टीबाट एक जनाको उम्मेदवारी परेको छ
उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ ।