माओवादी घटक बैठकमा प्रचण्डद्धारा पार्टी एकताको लागि प्रस्ताव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रस्ताव गरेका छन् । मंगलबार आठ माओवादी धारको बैठकमा बोल्दै प्रचण्डले सबै पूर्व माओवादीहरूलाई पार्टी एकताको प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले माओवादी धार सकेसम्म एकता नभए संयुक्त मोर्चा बनाएर जान प्रस्ताव गरेको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेलले बताए । ‘माओवादी आन्दोलन फुटेर कमजोर
भयो । हाम्रा कमीकमजोरीहरू के के हुन रु सबैका कमी कमजोरी भएर नै यो अवस्था आयो’ प्रचण्डको भनाई उदृढ गर्दै गजुरेलले भने, ‘मेरो तर्फबाट कमजोरी भएको हो भने कन्भिन्स गर्नुस् सच्याउन तयार छु । अरूबाट कमजोरी भए सच्याएर जाने अवस्थामा जानुपर्छ ।’

यदि माओवादी कमजोर भएमा परिवर्तनका उपलब्धि समेत गुम्न सक्ने प्रचण्डले बताए । माओवादी धार एक भएमा सङ्क्रमणकालीन न्याय समेत टुङ्गो लगाउन सजिलो हुने प्रचण्डको भनाई छ । तर, प्रचण्ड बाहेक अरू माओवादी धारका नेताहरूले तत्काल पार्टी एकता गर्न नसकिने जवाफ दिएको गजुरेलले बताए । ‘पार्टी एकता गर्न महत्त्वपूर्ण समीक्षा गर्नुपर्ने विषय हो । अहिलेको अवस्थामा पार्टी एकता गर्न मिल्दै मिल्दैन । मुद्दा मिल्ने विषयमा कार्यगत एकता गर्न सकिन्छ भन्ने धेरैले जवाफ दिनुभयो ’ गजुरेलले भने ।