अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषावकरसँग सम्बन्धविच्छेद नै नगरी अंश मुद्धा

काठमाडौं । अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषावकरसँग सम्बन्धविच्छेद नै नगरी अंश मुद्धा हालेकी
छन् । निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी हुन् ।

केही वर्षको प्रेमपछि निशा र शरद २०७४ सालमा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुका एक सन्तान छन् । निशाले नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै मुद्दा दायर गरेकी छन् ।

अभिनेत्री निशाले अमेरिकामा गएर २०७५ सालमा छोरालाई जन्म दिएकी थिइन् । तर, हाल निशा नेपालमै छिन् ।
सम्बन्धविच्छेद नगरिकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधान अनुसार निशाले शरदविरुद्ध अंश मुद्धा दायर गरेकी हुन् ।