नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुर्खेतमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसले उठाउने उम्मेदवारले राष्ट्रपति जित्ने बताएका छन्।
‘नेपाली कांग्रेसको आफ्नै कमजोरीका कारण सत्ता गुम्यो, यसमा कसैलाई दोष दिनु छैन,’ शर्माले भने, ‘यही फागुन २५ गते राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ, त्यहाँ कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार तपाईंहरुले सुन्न पाउनुहुनेछ।’
उनले केही सामान्य घटनाले नेकपा एमालेसँग नेकपा माओवादीले गठबन्धन गरी सरकार बनाए पनि चुनावका बेला गरिएको कांग्रेससँगको गठबन्धनका आधारमा माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने बताए।