राष्ट्रपति चुनावपछि जनमत पार्टी नेपाललाई थप एउटा मन्त्रालय दिने छलफल

काठमाडौँ । राष्ट्रपति चुनावपछि जनमत पार्टी नेपाललाई थप एउटा मन्त्रालय दिने छलफल सुरु भएको छ ।

खानेपानी मन्त्रालयबाट असन्तुष्ट रहेको जनमत पार्टीले थप एउटा मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिँदै आएको छ । सुरुमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भएको थियो तर पछि खानेपानी मन्त्रालय दिँदा जनमत पार्टी असन्तुष्ट बनेको थियो ।