सालीसँग विवाह गर्नाका लागि श्रीमतीको हत्या

२६ वैशाख, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका ९ लालभट्टीमा एक युवकले सालीसँग विवाह गर्न श्रीमतीको हत्या गरेको खुलेको छ । स्थानीय २८ वर्षका हरि चौहानले साली गंगा लामासँग विवाह गर्न श्रीमती वीणाको हत्या गरेको खुलेको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए । प्रहरीले हरिलाई पक्राउ गरिसकेको छ ।
वैशाख १८ गते वीणाको शव लालगढ सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको थियो । छोरी हराएको भन्दै पदमबहादुरले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले हरिलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । हरिले प्रहरीसँगको वयानमा कान्छी साली गंगासँग विवाह गर्न श्रीमतीको हत्या गरेको स्वीकारेका थिए ।
भिनाजुलाई आफ्नै दिदीको हत्या गर्न उक्साएको आरोपमा प्रहरीले शुक्रबार गंगालाई पनि पक्राउ गरेको छ । उनलाई पक्राउ गर्न माग गर्दै बाबु पदमबहादुर मोक्तानले जाहेरी दिएका थिए ।
वीणाको हत्या गर्न गंगाले नै उक्साएको भन्दै उनका बुबाले जाहेरी दिएका छन्’ प्रहरी निरीक्षक कार्कीले भने, ‘हत्या गर्ने हरिले पनि त्यो कुरा बयानमा भनिसकेपछि गंगालाई नियन्त्रणमा लिएका छौं ।