दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता

२६ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज शुक्रबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सपकोटा ‘जुगल’ ले बताएका छन् । दुई अध्यक्षबीच संसदको बजेट अधिवेशन र स्थायी कमिटी बैठकलगायतका विषयमा छलफल भएको बुझिएको छ ।
संसदको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । त्यस्तै दुई अध्यक्षबीच कुरा मिल्न नसक्दा नेकपा स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन । वैशाख २५ गतेका लागि बोलाइएको स्थायी कमिटि बैठक पार्टीभित्रको बिबाद र तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । तर स्थायी कमिटीको बैठक बोलाउनु पर्छ भनेर हस्ताक्षर गर्ने २० जना स्थायी कमिटीका सदस्यहरुको छुट्टै भेला भने अस्ति पार्टी कार्यालय धुम्बाराहीमा बसेको पनि थियो ।