बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १-० गोल अन्तरमा हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो।

बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे ।

उनले खेलको ५२ औं मिनेटमा गोल गरेका थिए।

यस्तै खेलको ४० औं मिनेटमा ब्रैस मेन्डेजले खराब ट्रयाकल गरेपछि रातो कार्ड पाएर मैदान छाड्नु परेको थियो।

अधिकांश समय १० खेलाडीमा रहेको सोसिडाडले गोल गर्ने केही राम्रा अवसरसमेत खेर फाल्दा पराजित हुनुपर्‍यो।

यस्तै ओसासुनाले समेत सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

अतिरिक्त समयमा सेभियालाई २–१ ले हराउँदै ओसासुना पनि अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको ९४ औं मिनेटमा युसेफ एन-नेसिरीले निर्णायक गोल गर्दै घरेलु टोलीलाई सेमिफाइनलमा पुर्‍याए।

यसअघि निर्धारित समयसम्म दुबै टोलीले १-१ गोलको बराबरी खेलेका थिए।