प्रधानमन्त्रीद्धारा बुद्धको प्रतिभामा माल्यापण, आज बेलुका दीपप्रज्वलन गर्न आग्रह

२५ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको गौतम बुद्धको प्रतिमामा माल्यार्पण गरेका
छन् ।
प्रधानमन्त्रीले २५६४औँ बुद्धजयन्तीको अवसरमा बुद्धको प्रतिमामा आज माल्यार्पण गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए छन् । सो अवसरमा प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी थिइन् । सोही अवसरमा सरकारले आज साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीलाई आह्वान गरेको छ ।