गैर व्यवसायिक क्रियाकलाप गर्ने जरिवाना र कारवाही गरिने

२५ बैशाख, काठमाडौं । गलत बिल जारी गर्ने, व्यवसाय दर्ता नगर्ने तथा धेरै नाफा लिने जस्ता गैर व्यवसायिक क्रियाकलापमा संलग्नबिरुद्धको कारवाहीलाई वाणिज्य विभागले तीब्रता दिएको छ । बुधबार र बिहीबार बिहानमात्रै विभागले त्यस्ता पाँचवटा फर्मलाई जारिवाना गरेको छ ।
वेवी वाइप्सलाई दुई सय बीस रुपैयाँमा बिक्री गर्ने आरएल टेडर्स काभ्रेस्थली, एन ९५मास्क र पीपीई तथा मास्कमा बढी मूल्य लिने टेलीमार्ट नेपाल अनलाइन बुधबार विभागले क्रमशः दुई दुई लाख रुपैयाँ जारिवाना गरेको विभागका अनुगमन निर्देशक सागर मिश्रले जानकारी दिए ।
यस्तै बिहिबार बिहान विभागले माकलबारीमा रहेको दोहोरो बिल जारी गर्ने राजभण्डारी स्टोर्स र बिल जारी नगरी दोहोरो मूल्य कायम गर्ने अम्बे ट्रेड सप्लायर्सलाई तीन लाखका दरले जरिवना गरेको छ । दर्ता नगरी मार्ट सञ्चालन गर्ने शंखमुलको बेष्ट किनमेल मार्टलाई पनि विभागले ५० हजार रुपैयाँ जारीवाना गरेको छ । लकडाउन अवधिमा झण्डै एक करोड रुपैयाँ बराबर जरीवाना रकम असुल गरेको छ ।