म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी

लण्डन । म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । आइतबार राति पाँच गोलको रोमाञ्चक खेलमा आर्सनल ३–२ गोलअन्तरले विजयी बनेको हो । म्यानचेस्टर सिटीले वुल्भ्सलाई हराएपछि दबाबमा रहेको आर्सनलले उत्कृष्ट जवाफ दिँदै शीर्ष स्थानमा पाँच अंकको अग्रता कायम गर्न सफल रह्यो ।

खेलमा अग्रता भने युनाइटेडले लिएको थियो । खेलको १७ औँ मिनेटमा २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै मार्कस रासफोर्डले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर लगत्तै एडी एनकेटियाले ग्रानिट जाकाको क्रसमा आर्सनललाई खेलमा फर्काए ।

दोस्रो हाफमा बुकायो सकाले आर्सनललाई दिलाए पनि युनाइटेडले पनि ६ मिनेटपछि नै लिसान्ड्रो मार्टिनेजको गोलमा खेल बराबरी गर्न सफल भयो । बराबरीतर्फ अग्रसर खेलको अन्तिम मिनेटमा एनकिटेयाले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई रोमाञ्चक जीत दिलाए ।

१९ खेलबाट अंक तालिकामा शीर्ष स्थानमा रहेको आर्सनलको ५० अंक रहेको छ भने २० खेल खेलेको युनाइटेडको ३९ अंक छ । युनाइटेड तालिकामा चौथो स्थानमा छ । दोस्रो स्थानमा रहेको सिटीले २० खेल खेल्दै ४५ अंक बटुलेको छ भने तेस्रो स्थानमा रहेको न्युक्यासलको ३९ अंक रहेको छ ।