बस्तीमा चितुवा पसेपछि ६ जनाले घाइते बनाउदै आफू पनि मर्यो

२५ बैशाख, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मा चितुवाको आक्रमणबाट ६ जना भन्दा धेरै घाइते भएका छन् । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार विहान ७ बजेतिरै चन्द्रागिरि जंगलबाट वस्तीमा झरेको चितुवाले सुरुमा ३ जनालाई घाइते बनाएको थियो । चितुवाले दिउँसो थप ४ जनालाई घाइते बनाएको छ ।
घाइतेमध्ये केही सामान्य अवस्थाका छन् भने केही गम्भीर
छन् । काठमाडौंका जिल्ला वन अधिकृत हरि खरेलले स्थानीयहरुले चितुवालाई कुटपिट गरेर मारेको बताए छ ।
चितुवाले मानिसमाथि आक्रमण गरेपछि स्थानीयले कुटपिट गरी मारेका हुन् ।