लकडाउन भए पनि भगवान बुद्ध जयन्ती यसरी मनाइरहेका छन् नेपालीहरुले

२५ बैशाख, काठमाडौं । हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व यो वर्ष पनि भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनु भएको योगदानको स्मरणस्वरुप बुद्ध जयन्ति मनाइँदैछ । अहिले विश्व कोरोना भाइरसले लकडाउनमा रहेको बेला, मानाव जाति संकटमा परको बेला आज नेपाली जगतले लकडाउनको त्रासबीच पनि बुद्ध जयन्ति मनाइरहेका छन् । अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतमबुद्धको २५६४ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर कोहीले घरमै बसेर, कोही नजिकैको बुद्धस्तुपामा गएर र कोहीले धेरैले समाजिक सञ्जालबाट मनाईरहेका छन् ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विगत वर्षमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा थियो । यी स्थलमा सीमित धर्मगुरु बसेर पूजापाठ गरी पर्व मनाउने निर्णय भएको छ ।