सावधानी नअपनाए पुनः लकडाउनमा फर्किनुपर्ने चेतावनी डब्लुएचओको चेतावनी

२५ बैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हिजो बुधबार कोरोना प्रभावित मुलुकले संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउनमा फर्किनुपर्ने चेतावनी दिएको छ । उसले कोरोना प्रभावित मुलुकलाई ’एकदमै सावधानीपूर्वक र चरणबद्ध रुपमा’ कोरोनाको व्यवस्थापन गर्न सुझाब दिएको छ ।
संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रियससले यसका लागि विश्वका मुलुकहरूले पछ्याउनुपर्ने कदमहरु प्रस्तुत गरेका छन् । यसमा निगरानी नियन्त्रण र स्वास्थ्य प्रणालीको तयारी लगायतका सुझावहरु समावेश छन् ।
’यदि लकडाउनपछिको संक्रमणकालिन अवस्थालाई एकदमै ध्यानपूर्वक चरणबद्ध रुपमा व्यवस्थापन नगरे पुनः लकडाउन फर्किनुपर्ने खतरा छ । त्यसैगरी उनले कोरोना संक्रमणको खतरा अझै रहेकाले स्वभाविक लयमा फर्किन सम्भव नभएको पनि बताए । उनले स्वास्थ्य प्रणालीमाथिको लगानीमा जोड
दिए । कोरोना अन्ततः कम हुनेछ तर पहिलाजस्तै लयमा फर्किने भन्नेचाँहि हुनेछैन ।