अमेरिकामा एकैदिन २५ सय मर्दा कुल ७५ हजारको हाराहारीमा मृत्यु

२५ बैशाख, काठमाडौं । कोरोना भाइरसले क्षतक्षित बनाइरहेको बेला अमेरिकामा पछिल्लो २४ घण्टामा २५ सय बढीको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ २५ सय २५ जनाको मृत्यु भएको छ, यससँगै यहाँ मृतकको संख्या ७४ हजार ७ सय ९६ पुगेबको छ ।
साथै, यहाँ एकैदिन २५ सय २ सय ५७ नयाँ संक्रमित पनि थपिएका छन् । हालसम्म यहाँ संक्रमितको संख्या १२ लाख ६२ हजार ८ सय ९० रहेको छ जसमध्ये १५ हजार ८ सय २१ को स्थिती गम्भीर छ । यद्यपि, संक्रमित मध्ये २ लाख १२ हजार ९ सय ६५ उपचारपश्चात् निको समेत भएका छन् ।