प्रधानमन्त्री ‘प्रचण्ड’ को नेतृत्वको मन्त्रिमण्डलमा २३ जनामा १६ जना नयाँ अनुहार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार जना मन्त्रिमण्डल विस्तार गरेर २३ सदस्यीय बनाएका छन् । २३ सदस्यीय मन्त्रिमण्डलमा चार जना उपप्रधानमन्त्री छन् । २ उपप्रधानमन्त्री पुरानै अनुहारका छन् भने २ नयाँ अनुहार छन् ।

पुस ११ गते पहिलो पटक ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रधानमन्त्री प्रचण्डले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थप्दै २३ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् । मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गरेका

छन् । उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ राष्ट्रपति भण्डारीले गराएकी हुन् भने राज्यमन्त्रीहरूको शपथ प्रधानमन्त्री दाहालले गराएका हुन् ।

एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १–१ राज्यमन्त्री पाएका छन् । प्रचण्ड नेतृत्वको २३ सदस्यीय मन्त्रिमण्डलमा ६ जना पहिला पनि मन्त्री भएका अनुहार छन् भने बाँकी दुई तिहाइ बढी नयाँ अनुहार छन् ।