सरकारमा सहभागी चार जना उपप्रधानमन्त्रीको वरियता यस्तो छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रीपरिषद्र्ला पूर्णता दिएसँगै सरकारमा सहभागी चार जना उपप्रधानमन्त्री बनेका छन्।

बिष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका छन्। चार उपप्रधानमन्त्रीमध्ये तीन जनाले पुस ११ गते नै सपथ लिएका थिए भने लिङ्देनले मंगलबार सपथ लिएका हुन्।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषदको वरीयतामा अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका बिष्णु पौडेल दोस्रो स्थानमा छन् भने भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो स्थानमा छन्।

गृहमन्त्री रवि लामिछाने चौथो वरीयतामा छन् भने ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका राजेन्द्र लिङ्देन पाँचौं स्थानमा छन्।

प्रतिनिधि सभामा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसद छन् भने लिङ्देन नेतृत्वको राप्रपाका १४ सांसद छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यी दुबै दलले १र१ उपप्रधानमन्त्री, ३र३ मन्त्री र १र१ राज्यमन्त्री पाएका छन्।