कम्युनिस्ट नेता घनश्याम भूसाल नेकपा एकीकृत समाजवादीमा समाहित

२९ पुस, काठमाडौं । कम्युनिस्ट नेता घनश्याम भूसालले नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् । भुसाललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका छन् । राजधानीमा आयोजित भुसालको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यसअघि नेकपा एमालेका नेता समेत रहेका भुसाल सो पार्टी परित्याग गरी रुपन्देही -१ बाट (स्वतन्त्र) निर्वाचन लडेका थिए ।

पत्रकार सम्मेलनमा उनले, नेकपा एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको उनले आज पत्रकार सम्मेलन गरी बताएका हुन् ।

‘आज संक्षिप्त दस्तावेज मैले जुन पढेको छु । त्यसमा नेकपा एकीकृत समाजवादी त्यही ठाउँमा छ जहाँबाट यसले समग्रतामा हेर्न सक्छ’ उनले भने । सैद्धान्द्धिक रुपले र वर्तमानमा बसेर इतिहास हेर्दै अगाडि बढ्न सकिने ठाउँ पनि एकीकृत समाजवादी भएको उनको भनाइ छ ।

कम्युनिस्ट आन्दोलन, विगतको नेकपा एमाले, माओवादी, नेपाल कम्युनिस्ट पार्टी निर्माण र भंग भएको अवस्थाको चित्रण र एकीकृत समाजवादीको सकारात्मक विषयको चर्चा नेता भुसालले पत्रकार सम्मेलनको अन्तिमतिर उनले भने, ‘म अब एकीकृत समाजवादीको कार्यालयमा जान्छु र सदस्यता रिन्यु गर्छु ।’

नेता भुसालले पत्रकार सम्मेलनपछि एकीकृत समावादीको पार्टी कार्यालय शान्तिनगरमा गएर पार्टी प्रवेश गर्नु भएको छ । पाटी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र अन्य पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकाको सहभागिता रहेको थियो ।