जन्मदीनको असिम शुभकामना छोरा दिक्षान्त तिमीलाई

प्रिय छोरा दिक्षान्त,
वसन्तऋतुको आगवन र नयाँ वर्षको शुभारम्भ सँगै जुन दिन तिमिले यो धर्तिमा खुट्टा टेक्दा र आँखा खोल्दा जो खुशि मलाई मिलेको थियो, त्यो नै मेरो जिवनको अहिले सम्मकै सबै भन्दा खुशीको क्षण थियो । ३ वर्ष पहिले आजकै दिन तिमिलाई यो सुन्दर ब्रमाण्डमा देख्ने सौभाग्य पाएको थिए । आज समय यति गतिशील र परिवर्तनशील हुँदै गएछ की, तिमि जन्मेको समय अहिले पनि मलाई हिजो, आज जस्तै लागिरहेको छ । तिमिलाई यी दश औलामा नचाउँदा, खेलाउँदा–खेलाउँदै आज तीन (३) वर्ष पूरा भएको पत्तै भएन छ ।
छोरा दिक्षान्त , मेरा लागि तिमि हरेक समयका पल र क्षणहरु अत्यन्तै महत्वपूर्ण छन् । तिम्रा ति हरेक समयका साथ अन्जुलीमा भरी राखी एक थोपा पनि खस्न दिने छैन । समयको उचित मूल्यांकन, समयसापक्षिक बनाउँदै हरेक मोड र घुम्तीमा सहज र सरलताको सगरमाथा चुम्ने कल्पनाको बाटोमा दृढ भएर लामबद्ध हुने छु । समय बलवान छ, कसैलाई काख र कसैलाई पाखा गर्दैन, केवल मानवताको भोगाई र लगनशीलताको समयलाई हामीले काख र पाखा गरिरहेका हुन्छौ । जुन सफलता र असफलता मानव समाजमा आफैले बनाउने कर्म हो । त्यसैले तिम्रो समयलाई समयकै गतिमा दौडिने लगाम तिम्रा लागि मेरो कर्तव्य रहेनछ ।
जिवन एउटा साझा चौतारी हो । समयसँगै ज्यून, बाँच्न अनेक संर्घष गर्न एक्लै सिक्नुपर्छ , तर आफ्नो भौतिक जिवनलाई सर्वहारा अर्थात सामाजिक सेवामा प्रेणित गर्न सिक्नु पर्दछ । आफ्नो कला र गला विश्व मानव जगतमा चिनाउनु नै एक असल मानवको पहिचान हो । यहि पहिचानको बाटोमा तिम्रा कसिला पाईलाहरु चलिनै रहनु । संसारले चिन्ने बाटोमा तिम्रा उद्देश्यका पाईला दौडिनै रहुन् ।
अन्त्यमा,
सबैको प्यारो बन्नु’, ज्ञानी र असल बन्नु, देशको असल नागरिक बन्नु , हरेक समयको परिर्वतन सँगै आफु र समाजलाई बदल्न सक्ने कर्मठ यौद्धा बनी जिम्मेवारी नागरिक को वहन गर्नु, समाज र सामाजिक कार्यमा प्रेणित हुनु अनि बाआमा र राष्ट्लाई कहिल्यै नर्बिसनु यही नै तिम्लाई जन्मदिनको उपहार हो ।
प्रिय छोरा आज तिमिले ३ वर्ष पूरा गरी ४ वर्ष लागेको अवसरमा हामी सबै परिवारको तर्फबाट जन्मदिनको हार्दिक मंगलमय शुभकामना छ ।

उहि तिम्रो बाबा
लक्ष्मण रोकाया
पचालझरना गाउपालीका- ४,कालीकोट
हालः चन्द्रागिरी नगरपालीका- १५ काठमाण्डौं