प्रधानमन्त्री ‘प्रचण्ड’ आज गोरखा जाँदै

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा आउने भएका छन् । गोरखा निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा आउन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड आजबाट सुरु हुने ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा आउन लागेका हुन्। खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदै छ ।

यसैबीच प्रधान सेनापति प्रभुराम शर्मा पनि बुधबार गोरखा आउँदै छन् । गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि उनी गोरखा आउन लागेका हुन्।