Breaking News

अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य माधव कुमार नेपाल शपथका लागि संसद भवन बानेश्वर जाँदै

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य माधव कुमार नेपाल शपथमा उपस्थित हुने भएका छन् । तीन दिनयता त्रिवि शिक्षण अस्पतालमा उपचारमा उपचाररत नेपाल अस्पतालबाट नयाँ बानेश्वरमा नवनिर्वाचित सांसदहरुको शपथमा जाने तय भएको समाजवादी प्रेस संगठनका नेता विश्वमणि सुवेदीले जानकारी दिए ।

शपथपछि नेपाल फेरि अस्पताल नै फर्किने छन् । ‘अस्पतालबाट शपथमा, त्यसपछि फेरि अस्पतालमै ।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराउँदै छन् ।