Breaking News

पुसको जाडोको प्रवाह नगरी बिहानको अँधेरी झिसमिसे मै राहदानी लिन लाइनमा बस्न बाध्य

७ पुस, काठमाडौं । राहदानी बिभाग त्रिपुरेश्वरमा दिनहुँ राहदानी लिनेको भिड हुन्छ । पहिला नाराहिटी संग्राहलयमा रहेको राहदानी बिभाग त्रिपुरेश्वरमा सारिएको भए पनि त्यहाँ पनि ठाउँ अभावका कारण सेवाग्रही रोडमै भएपनि घण्टौं लाइन बस्नुको बाध्यता अझै पनि हटेको छैन ।

आजबाट बढेको पुसको जाडोको पनि प्रवाह नगरी छिटो पालो पाउने आशमा बिहानको अँधारो मै लाइनमा बस्न बाध्य छन्। कतिपयले सेवाग्रहीले त रात नै यहीँ काटेको सुनाउँछन् ।

सेवाग्राहीलाई सहज होस् भनेर राहदानी विभागले अनलाइनबाट समेत सेवा दिंदै आएको छ । तर लाइन लाग्ने बाध्यता अझै हटेको छैन ।

राहदानी विभागले पुस ५ गतेदेखि अपराह्न साढे ३ बजेदेखि अनलाइन आवेदनका लागि बुकिङ सुरु गर्ने समय निर्धारण गरेको छ । यसअघि दैनिक ११ बजेदेखि बुकिङ सुरु हुन्थ्यो ।

प्रायजसो जिल्ला र इलाका प्रशासन कार्यालयहरु पनि ११ बजेदेखि नै बुकिङ खुलाउँदा विभागको सर्भरमा अत्यधिक चाप परेर वेबसाइट नै नखुल्ने समस्या भएपछि समय हेरफेर गरेको विभागले जनाएको छ ।