सामाजिक दुरी कायम नराख्दा सरकारका प्रवक्ताबाट राजीनामा

२४ बैशाख, काठमाडौं । कोरोना भाइरसले मानव प्रणालीलाई भहावह नै गरेपछि विश्व नै लकडाउनको अवस्थामा गएको बेला बेलायतमा लकडाउन लागु गर्न सिफारिस गर्ने सरकारका प्रमुख सल्लाहकार प्रोफेसर नील फर्ग्युसन स्वयंले सामाजिक दुरी उल्लंघन गरेपछि पदबाट राजीनामा दिन बाध्य भएका
छन् ।
राजीनामा घोषणा गर्दै प्रोफेसर फर्ग्युसनले भनेका छन्, ‘मबाट गलत भएको कुरा म स्वीकार गर्दछु । त्यसैले मैले पद त्याग गरेको छु । कोरोना महामारीलाई नियन्त्रण गर्न सामाजिक दुरी आवश्यक रहेको स्पष्ट सन्देश दिइएको छ, तर मैले त्यसलाई बेवास्ता गरें । यसबाट मलाई अपसोस छ ।
लण्डनबाट प्रकाशित हुने डेली टेलिग्राफ पत्रिकाले लेखेको समाचारअनुसार प्रोफेसर फर्ग्युसनले एक जना महिलालाई आफू नजिक आउन दिएका थिए, जुन सामाजिक दुरी कायम गर्ने नियमको उल्लंघन हो ।
प्रोफेसर फर्ग्युसन ‘सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिज एनालिसिस’को निर्देशन हुन् । यो संस्थाले सरकार र विश्व स्वास्थ्य संगठनलाई अफ्रिकामा इबोलादेखि लिएर हालको कोरोना महामारीसम्म सल्लाह दिँदै आएको छ । यही संस्थाले गत जनवरी महिनामा विश्वलाई कोरोनाको महामारी फैलिने चेतावनी सबैभन्दा पहिले दिएको
थियो ।
त्यतिबेलै प्रोफेसर फर्ग्युसनको टिमको अनुसन्धान रिपोर्टमा तत्काल कुनै कदम नचालिएमा बेलायतमा कोरोनाबाट करिब पाँच लाख जनाको ज्यान जाने निष्कर्ष निकालिएको थियो । उनकै सल्लाहमा पहिलो पटक बेलायतमा लकडाउन गरिएको् थियो । त्यतिबेलादेखि नै नील फर्ग्युसन बेलायतमा ‘प्रोफेसर लकडाउन’को नामले चिनिन्छन् । लकडाउन उल्लंघन गरेपछि पद त्याग गर्ने फर्ग्युसन पहिलो विशेषज्ञ भने होइनन् ।