पाटनको भेलाल एक व्यक्ति एक पद को माग गर्ने निर्णय

२४ बैशाख, काठमाडौं । ’प्रचण्ड’ र माधव निकट स्थायी कमिटी सदस्यहरूले २५ गतेको हुने पार्टीको स्थायी कमिटीको बैठकमा ’एक व्यक्ति एक पद’ को माग गर्ने निर्णय गरेका छन् ।
पाटनमा हिजो मंगलबार बसेको उनीहरूको भेलाले यस्तो निर्णय गरेको बताइएको छ । पाटनमा भएको यो भेलामा नेपाल–प्रचण्ड समूहका सबैजसो सदस्य सहभागी भएको साहको भनाइ छ । आफूहरूले लेखेको पत्रका आधारमा दुई अध्यक्षले बैठक बोलाएकाले बैठकमा आफ्नो धारणा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा छलफल गर्न भेला भएको जानकारी भएको बुझिएको छ । दुई अध्यक्षले हामी २० जना सदस्यले लेखेको पत्रका आधारमा बैठक बोलाउनु भएको हो । त्यसैले हामीले सचिवालयले पेस गर्ने प्रतिवेदनमा कसरी प्रस्तुत हुने भन्नका लागि छलफल गरेका हौं । हामीले बैठकमा एक व्यक्ति एक पदको माग गर्ने भएका छौं । सहभागी एकजना सदस्यले
बताए । त्यस्तै बैठकमा प्रधानमन्त्रीको राजिनामासम्म माग्ने विषयमा छलफल भएको जानकारी दिएका थिए ।