लकडाउन र त्यसको रणनीतिबारे मन्त्रीपरिषद्को बैठक बस्दै

२४ बैशाख, काठमाडौं । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्न बुधबार मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भनिएको छ । यसअघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जारी राख्न सरकारलाई सुझाव दिएको थियो । समितिको सुझावअनुसार कम्तिमा एक साता लकडाउन थपिने मन्त्रिपरिषद स्रोतको भनाई छ ।
लकडाउन थप्दै लगे पनि परीक्षण सुस्त भएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । नेपालमा दुई जना कोरोना संक्रमित फेला परेपछि सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गर्दै कसैलाई पनि घर बाहिर ननिस्किन निर्देशन दिएको थियो । डेढ महिनाको अवधिमा कोरोना संक्रमित ८२ जना पुगिसकेका
छन् । भोलिबाट सकिने लागेको लकडाउन बारे आज केही बेरमा बस्ने मन्त्रीपरिषद्को बैठक कस्तो रणनीतिको खाका ल्याउने हो त्यो भने एकछिन पछिको थाहा नै हुनेछ ।