मन्त्रालयको दोधारे निर्णले बिद्यार्थी र अभिभावक अन्योलमा

२४ बैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विद्यार्थी भर्ना वा अनलाइन पठनपाठनको नाममा कुनै पनि किसिमको शुल्क नउठाउन निर्देशन दियो । निर्देशनमा अर्को निर्णय नहुँदासम्म कुनै पनि तहमा विद्यार्थी भर्ना नगर्न समेत भनिएको छ । तर, लकडाउनका बेला के गर्ने भनेर शिक्षा मन्त्रालयले स्पष्ट खाका तयार पार्न नसक्दा विद्यार्थी र अभिभावक अन्योलमा देखिन्छन् ।
नेपाल अभिभावक संघका अध्यक्ष केशव पुरीका अनुसार ‘शिक्षा मन्त्रालयको द्विविधाले अभिभावक र विद्यार्थीलाई लकडाउनले जस्तै उकुसमुकुस पारेको बताउँछन् ।
निजी विद्यालय सञ्चालकहरूले पनि मन्त्रालयको निर्देशनले आफूहरू अलमलमा परेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरीका अनुासर मन्त्रालयको पछिल्लो निर्देशन शिक्षा मन्त्रीको दुई दिनअघिको भनाइसँग बाझिएको बताउँछन् ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले २५ बैशाखभित्र ९ कक्षासम्मको नतिजा प्रकाशन गरेर २६ गतेदेखि भर्ना गर्नू भनेपछि २६ बैशाखदेखि भर्ना गर्नू भनेकाले आफूहरूले त्यहीअनुसार तयारी तर फेरी मन्त्रीज्यूले अर्को निर्देशन
आएछ । हामी त अन्योलमा परेका छौं ।