कोरोना भाइरस निको भएका ५२ वर्षे पुरुषमा पुन पोजेटिभ

२३ वैशाख, काठमाडौं । काठमाण्डौंको पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टमा पहिला कोरोना संक्रमित भई निको भएर घर फर्किएका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
कोरोना भाइरस (कोभिड (१९) मुक्त भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखिएको छ । ५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए । तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।