फिफा विश्वकप २०२२ मा आज अन्तिम १६ का अन्तिम दुई खेल हुँदै

फिफा विश्वकप २०२२ मा आज अन्तिम १६ का अन्तिम दुई खेल हुँदैछन्।

पहिलो खेलमा राति ८:४५ बजे पूर्वच्याम्पियन स्पेन र अफ्रिकी देश मोरक्कोबीच खेल हुनेछ।

राति १२:४५ बजे पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

यसअघि ६ टिमले अन्तिम आठमा स्थान पक्का गरिसकेका छन्।

क्रोएसिया र ब्राजिल, अर्जेन्टिना र नेदरल्यान्ड्स तथा इंग्ल्यान्ड र फ्रान्सबीच अन्तिम आठमा भिडन्त हुने पक्का भइसकेको छ।