Breaking News

पोल्याण्डलाई हराउदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश

१९ मंसिर, काठमाडौं । हिजो राती भएको अन्तिम १६ को खेलमा फ्रान्सले पोल्याण्डले ३१ गोलले हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलमा स्टार किलिएन एमबाप्पे कतारमा जारी फिफा विश्वकप २०२२ को सर्वाधिक गोलकर्ताको होडमा अगाडि रहेका छन् ।

एमबाप्पेले यस विश्वकपमा गोल संख्या ५ पुर्याएका छन् । दुई असिस्ट समेत गरेका उनी गोल्डेन बुटका लागि दाबेदार देखिएका छन् ।

समूह चरणमा अष्ट्रेलिया विरुद्ध एक गोल गरेका एमबाप्पेले डेनमार्क विरुद्ध दुई गोल गरेका थिए भने ट्युनिसिया विरुद्ध गोल गर्न सकेनन् ।

सन् २००६ र २०१० को विश्वकपमा ५ गोल गर्ने खेलाडी सर्वाधिक गोलकर्ता बनेका थिए भने २०१४ र २०१८ मा ६ गोल गर्ने खेलाडीले नै गोल्डेन बुट जितेका थिए ।

जारी विश्वकपमा एमबापेपछि धेरै गोल गर्नेमा लिओनल मेसी, अल्भारो मोराटा, मार्कुस रासफोर्ड र कोडी गाक्पो छन् । सबैले समान ३–३ गोल गरेका छन् । मेसी र मोराटाले समान एक असिस्ट पनि गरेका छन् ।

इंग्ल्याण्डका बुकाया साकाले पनि ३ गोल गरेका छन् । ३ गोल नै गरेका इक्वेडरका इनर भ्यालेन्सिया विश्वकपबाट बाहिरिसकेका छन् ।