बाजुरा प्रदेश सभा (क) बाट एकीकृत समाजवादीका नरेशबहादुर शाही र (ख) बाट काँग्रेसका पदमबहादुर शाही बिजयी

१८ मंसिर, बाजुरा । बाजुराबाट प्रदेश सभामा नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । प्रदेश सभा २ बाट शाही २० हजार ११९ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे ।

स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका उम्मेदवार हिमाल बहादुर शाहीले १२२ मत पाए । ८३४ मत बदर भएको छ ।

प्रदेश सभा १ मा भने नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही शनिबार नै विजयी भइसकेका छन् । शाहीले १० हजार ९७३ मत पाएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६३२ मत पाए ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायम छ । पाण्डेले २६ हजार ९८६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २३ हजार २०८ मत पाएका छन् । उनीहरुबीच ३ हजार ७७८ मतको अन्तर छ ।