एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरको पेटीमा शंकास्पद वस्तु फेला

१८ मंसिर, भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको
छ । नेपाली सेनाको बम डिस्पोजल टोली पनि भर्खरैमात्रै आइपुगेको छ ।

यसअघि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न प्रहरीले रोक लगाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले शंकास्पद वस्तु देखिएपछि घटनास्थल वरपरको क्षेत्र नेपाल प्रहरीले नियन्त्रणमा लिएर नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको जानकारी दिए । ‘शंकास्पद वस्तु देखिएपछि हामी रिस्क लिंदैनौं, आर्मीको डिस्पोजल टोलीलाई आइपुगेको छ ।

आज बिहान छिमेकीले बास्कोटाको घरको पर्खाल छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट हुँदा घरमा क्षति पुगेको थियो ।

अहिले बास्कोटा लोकन्थलीस्थित घरमा छैनन् । उनी काभ्रेस्थित घरमा रहेको उनको सचिवालयले जनाएको छ । शंकास्पद वस्तु कसले राख्यो भन्ने खुलेको छैन ।