समूह चरणको अन्तिम खेलमा घानालाई २-० ले पराजित गरे पनि उरुग्वे विश्वकप बाट बाहिरियो

१६ मंसिर, काठमाडौं । समूह चरणको अन्तिम खेलमा घानालाई २-० ले पराजित गरे पनि उरुग्वे कतारमा जारी फिफा विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

समूह एफको अर्को खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २(१ ले पराजित गरेपछि कोरिया र उरुग्वेको समान ४ अंक र गोल अन्तर पनि समान भएको थियो । तर, समूह चरणमा धेरै गोल गरेका कारण कोरिया भाग्यमानी बन्दै समूह को उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गर्‍यो ।

उरुग्वे अभागी बन्दै समूह चरणबाट बाहिरियो ।

उरुग्वेका लागि जर्जियन डे अराकाएटाले दुवै गोल गरे । उनले २६औं र ३२औं मिनेटमा गोल गरे । त्यसअघि घानाले पेनाल्टीको अवसर पाए पनि गोल गर्न सकेन ।

२१औं मिनेटमा घानाका आन्द्रे आयुले प्रहार गरेको पेनाल्टी उरुग्वेका सर्जियो रोचेटले बचाए । उरुग्वेसँग पराजित घाना ३ अंकसहित समूहको पूछारमा रहेर बाहिरियो ।