एकीकृत समाजवादी पार्टीलाई केन्द्रमा राष्ट्रिय पार्टी बन्न सकसको अवस्थामा प्रदेशमा ३ लाख ६६ हजार ८८९ मत प्राप्त

नेकपा एकीकृत समाजवादी लाई प्रतिनिधिसभा समानपातिक मत गणनामा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन संघर्षरत नेकपा एकीकृत समाजवादी पार्टी प्रदेशसभातर्फ भने बढी पात पाएको तथ्यांकले देखाएको छ । सातै प्रदेशको प्रदेशसभातर्फ एकीकृत समाजवादी पार्टीले ३ लाख ६६ हजार ८८९ मत पाएको छ ।

तर, प्रतिनिधिसभाको समानुपातिकतर्फ भने सो पार्टीले २ लाख ९२ हजार ५९८ मत पाएको छ । यो हिसाबले हालसम्मको मतगणनामा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ ७४ हजार २९१ कम मत पाएको छ ।

बनिर्वाचन आयोगका अनुसार सो पार्टीले प्रदेश १ को प्रदेशसभामाको समानुपातिकतर्फ ५४ हजार ८३१ मत पाएको छ । यस्तै मधेसमा १ लाख १३ हजार ५५८, बागमतीमा ६३ हजार ५११, गण्डकीमा १४ हजार ७०३, लुम्बिनीमा ४२ हजार ६२१, कर्णालीमा ३५ हजार ८२६ र सुदूरपश्चिममा ४१ हजार ८३९ मत पाएको छ ।