१५ मंसिर, सुनसरी । सुनसरी ४ बाट नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले विजयी भए ।
निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैत बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीसँग ११२ मतले पराजित भए ।
कार्की ३० हजार ४८३ मत सहित बिजयी भए भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१मत ल्याए ।
मन्त्री कार्कीको जितसँगै कुसियैतको सत्तारोहणको सम्भावना टुंगिएको छ । मन्त्री कार्कीले सम्भावनाको ढोका खोलेका छन् ।