Breaking News

अफगानिस्तानको उत्तरी सहर अयबाकमा विस्फोट १६ जनाको मृत्यु २४ जना घाइते

अफगानिस्तानको उत्तरी सहर अयबाकमा रहेको एउटा मदरसामा भएको विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन् । गत वर्ष अगस्टमा तालिबान सत्तामा फर्किएपछि सर्वसाधारणलाई लक्षित गरी दर्जनौं विस्फोट र आक्रमणहरू भएका छन् । अधिकांश आक्रमणको जिम्मा इस्लामिक स्टेट ९आईएस० समूहले लिएको छ ।

राजधानी काबुलबाट करिब २०० किलोमिटर ९१३० माईल० उत्तरमा रहेको अयबाकका एक डाक्टरले मारिनेमा अधिकांश युवा रहेको बताए । ‘उनीहरू सबै बालबालिका र साधारण मानिस हुन्’ ती चिकित्सकको भनाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

एक प्रान्तीय अधिकारीले इस्लामिक धार्मिक विद्यालय अल जिहाद मदरसामा विष्फोट भएको पुष्टि गरे । बारम्बार हताहतको तथ्यांक घटाउने तालिबानले १० विद्यार्थीको मृत्यु भएको र कयौँ घाइते भएको जनाएको छ ।

एजेन्सी