कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा वडाध्यक्षको निधन

डोटीको पूर्वी चौकी गाउँपालिका ६, गाजरीका वडाअध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा बुधबार वडाध्यक्ष जोशीको निधन भएको हो ।

प्रेसरका बिरामी रहेका जोशीको घर फर्किने क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । जोशीलाई जिल्ला अस्पताल डोटीमा ल्याउँदासम्म मृत अबस्थामा रहेको जिल्ला अस्पताल डोटीका डा।सोहन शाहले जानकारी दिए ।