डेनमार्कल र टुनिसिया बराबरीमा रोकिए

विश्वकप फुटबलको पहिलो खेलमा डेनमार्कले टुनिसियासँग बराबरीमा रोकिएको छ । मंगलबार भएको खेलमा डेनमार्कले टुनिसियासँग गोलरहित बराबरी खेलेको हो । समूह डी मा रहेको डेनमार्कले यो खेलमा बराबरी खेल्दै अंक बाडेको छ । दुबै टोलीको समान एक–एक अंक भएको छ । दुबै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्न परेको हो ।

टुनिसियाले डेनमार्कको पोष्टमा १३ उत्कृष्ट सट प्रहार गरेपनि गोल भने गर्न सकेन । आज नै राति यसै समूहको अष्ट्रेलिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।