राजन भट्टराईले गन थापालाई बधाई दिदै : एकपटकको जय–पराजय सधैंभरिको जय–पराजय हुननसक्ने

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का पराजित उम्मेदवार राजन भट्टराईले आफ्नै प्रतिस्पर्धी गगन थापालाई बधाई दिएका छन् ।

‘यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकोमा उहाँलाई मेरो हार्दिक बधाई छ’, भट्टराईले भनेका छन् ।

उनले आफूलाई मत प्रदान गर्ने मतदाताप्रति आभार व्यक्त गर्दै शुभचिन्तकहरूप्रति पनि धन्यवाद दिएका छन् । तर उनले लोकतन्त्रमा निर्वाचन नियमित प्रक्रिया भएको भन्दै एकपटकको जय–पराजय सधैंभरिको जय–पराजय हुननसक्ने बताएका छन् । ‘एकपटकको जय–पराजय सधैंभरिको जय–पराजय हुनसक्दैन’, भट्टराईले भनेका छन् ।