नेपालगंजमा फेरि थप ७ जनामा कोरोना संक्रमित भेटिए

२३ वैशाख, काठमाडौं । भरखरै प्रयाप्त समाचार अनुरा कोरोना उद्गम स्थल बाँकेको नोलगंज भएजस्तै गरी कोरोना संक्रमित थपिने क्रमसँगै आज पनि नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेका  छन् ।
नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारी चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ
हिजो मंगलबार उनीहरुलाई भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य छ । यसअघि नेपालगंजमा नै एकैदिन १५ जना संक्रमित फेला परेका थिए ।

स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय