लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने

२३ वैशाख, काठमाडौं । सरकारले पटकपटक थप्दै आएको लकडाउनको मोडालिटी (स्वरुप) परिवर्तन हुनसक्ने संकेत गरेको छ । २५ वैशाखपछि भने सरकारले लकडाउनको स्वरुप परिवर्तन गरी क्षेत्रअनुसार केही खुकुलो बनाउने तयारी गरेको बुझिएको छ ।
सरकारको योजनाअनुसार २५ वैशाखपछि कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री वितरणमा बन्देज नलाग्ने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।