डियुटीमै रहेका असईको मृत्यु

२३ वैशाख, सप्तरी । नेपाल–भारत सिमा नाकामा खटेका एक प्रहरीका असईको मृत्यु भएको छ । सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्बर १ स्थित देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको बेहोस भएर मृत्यु भएको
हो । ड्युटीमा खटिरहेका बेला उनको मृत्यु भएको सशस्त्र प्रहरीका प्रदेश नम्बर दुईले जनाएको छ । उनको मृत्युबारे अन्य कारण खुल्न नसकेको बताइएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताइएको छ । मृतक कार्कीको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।