उपाध्यक्षमाथि कार्यकारीले गरे हातपात र अपशब्द

२२ वैशाख, जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्लाको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले सोही पालिकाकै उपाध्यक्ष हिमाली रोकायामाथि कार्यपालिकाको चलिरहेको बैठकमै हातपात र अपशब्द बोलेका छन् ।
गएको वैशाख १२ गतेको कार्यपालिका बैठकमा राहत वितरण, सामाजिक सुरक्षा भत्ता र अलपत्र परेका स्थानीयलाई उद्धार गर्ने विषयमा छलफल चलिरहेको बेला उपाध्यक्ष रोकायामाथि हातपात भएको बुझिएको छ ।  कार्यकारीले उपाध्यक्षमाथि हातपात गरिसके पछि फरार भई हालसम्म पालिकाको सम्पर्कमा नआएको र अहिले उनको खोजि कार्य समेत गरिरहेको प्रहरीले बताइएको छ ।
पालिकाको कार्यपालिका बैठकमा उपाध्यक्ष रोकायाले आफ्नो धारणा राख्ने क्रममा प्रशासकीय अधिकृत बुढाले अपशब्द बोल्दै आफूमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दर्ता गरेकी छन् । प्रहरीका अनुसार घटनापछि प्रमुख प्रशासकीय अधिकृत सम्पर्क विहीन रहेको बताइएको छ । प्रहरीले सो घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक राजेन्द्र चनले बताएका छन् ।