निर्वाचन बहिस्कार/अवज्ञाको कार्यक्रम तिब्र त्रिचन्द्रमा ब्यानर राखेर बिरोध

काठमाडौं। मंसिर ४ को प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन जति नजिकिदै छ त्यति राजनीतिक दल चुनावी मैदानमा होमिएको बेला नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निकट बिद्यार्थी संगठनले चुनावको बहिस्कार र अवज्ञाको रणनीति अनुसार लगातार बिरोधका कार्यक्रम गरिहेका छन् । आज अखिल क्रान्तिकारीले त्रिचन्द्र क्याम्पसमाको गेटमा निर्वाचन बहिष्कार कार्यक्रमको व्यानर टासेर बिरोध जनाएको छ।

पार्टीको निर्देशन र विद्यार्थी संगठनको निर्वाचन बहिष्कार किन गर्ने भनेर पाँच बुदासहितको व्यानर त्रिचन्द्र क्याम्पसको गेटमा टाँसिएको छ ।

यो संसदीय निर्वाचन जनताको पक्षमा नभइ भ्रष्टचारी, माफिया, दलाल र ठेकेदारहरूको पक्षमा भएकाले आम जनताहरूले बहिष्कार गर्नु पर्ने संगठनकी उपाध्यक्ष शिलु न्यौपानेले बताएकी छिन्।

उपाध्यक्ष शिलुका अनुसार भनिन्न यो निर्वाचन जनताको लागि होइन कसरी हुन्छ सत्तामा पुगेर राज्य सत्ताको दोहोन गर्नलाइ नाटक मात्र गरिएको हो । आम जनताले बुझि सकेका छन्, त्यसैले यो निर्वाचन सक्रिय बहिष्कार अभियानमा सहभागी भइदिन सम्पूर्णमा आग्रह गर्छु उनले भनीन्न।

शान्तिपूर्ण रूपमा बहिष्कारर अवज्ञ गर्न पाउनु पर्ने सबैको अधिकार भए पनि प्रशासनले धड्पकट गरिरहेको छ ।

No description available.