एमालेको आज दार्चुलाबाट चुनावी अभियान सुरू

नेकपा एमालेले आजबाट चुनावी अभियान सुरू गर्न लागेको छ।

अध्यक्ष केपी शर्मा ओलीले दार्चुला पुगेर आज चुनावी अभियान सुरू गर्ने एमालेले जनाएको छ।

आजदेखि एमालेले राष्ट्रव्यापी चुनावी अभियान तथा यात्राको आरम्भ गर्न लागेको हो।

एमाले अध्यक्ष ओलीले आजै बैतडी र कञ्चनपुरमा आयोजित जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

ओली ४० जिल्ला पुगेर त्यहाँ हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ।