नटिङघम फरेस्टमाथि सहज जितसँगै आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा

नटिङघम फरेस्टमाथि सहज जितसँगै आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा फर्किएको छ । आइतबार राति आर्सनलको जितमा रेइस नेल्सनले दुई गोल गरे । यस बाहेक गाब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले एक–एक गोल थपे ।

पहिलो हाफमा दुई गोल गरेको आर्सनलले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । खेलसँगै आर्सनलले म्यानचेस्टर सिटीलाई उछिनेको छ । अघिल्लो रात लेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर शीर्षस्थानमा उक्लिएको थियो । आर्सनल १२ खेलबाट ३१ अंक जोडेको छ । पराजित फरेस्ट ९ अंक जोडेर पुछारमा छ ।